लकडाउन उलङ्घन गर्ने २४२ सवारीसाधन नियन्त्रणमा

0
Shares

कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने २४२ सवारीसाधनलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकोमध्ये दुईपाङ्ग्रे २२६ र चारपाङ्ग्रे १६ रहेका महाशाखाले जनाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चैत १७ गते साँझसम्म उक्त सङ्ख्यामा गाडी नियन्त्रणमा लिएको हो। अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।

घरबाट अनावश्यकरूपमा निस्केका सर्वसाधारणलाई सम्झाई बुझाई घरतर्फ नै फर्काइएको उनले उल्लेख गरे। अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको श्रेष्ठले बताए ।

सरकारले कोरोना भाइरस फैलिन नदिन चैत ११ गते मङ्गलबारदेखि यही चैत १८ गते बिहान ६ः०० बजेसम्मका लागि ‘लकडाउन’ गरेकोमा हाल ८ दिन थप गरेर चैत २५ गते राती १२ बजेसम्म लकडाउनको समय बढाएको छ ।