साना किसान लघुवित्तको कोरोना नियन्त्रण कोषलाई दश लाख सहयोग

0
Shares

साना किसान लघुवित्त संस्था लिमिटेड (SKBBL) ले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १० लाख आर्थिक सहयोग गरेको छ ।

विश्वव्यापीरुपमा फैलिँदै गएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको कोषमा उक्त संस्थाले १० लाख सहयोग गरेको हो ।

विश्वभर फैलिएको कोरोना भाइरसविरुद्ध राज्य लडिरहेको अवस्थामा विभिन्न सङ्घ संस्थाले सरकारलाई सहयोग प्रदान गरिरहेका छन् । कोरोनाका सम्भावित सङ्क्रमितको परिक्षण, उपचार र रोकथामका लागि सरकारले सरकारी, अर्ध सरकारी, निजी र आम नागरिकलाई कोषमा सहयोग गर्न अनुरोध समेत गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ रोगको सङ्क्रमणलाई फैलन नदिन तथा रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखाको खाता नम्बर १९६०००००११०१ मा उपचार कोष स्थापना गर्दै रकम जम्मा गर्न अपिल गरेको छ ।

प्रकाशित मिति: १८ चैत २०७६, मंगलबार  २१ : ५९ बजे