कोरोना परीक्षण प्रयोगशालाका उपकरण धनगढी पुग्यो

0
Shares

सङ्घीय सरकारले कोरोना भाइरसका शङ्कास्पद विरामीको नमूना परीक्षणका लागि खरिद गरेका प्रयोगशालाका उपकरणहरु धनगढी पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काका अनुसार चीनबाट खरिद गरी ल्याइएका ‘रियल टाइम पोलिमर चेन रियाक्सन (पीसीआर) मेसिन, रिएजेन्ट, टेस्ट किट लगायतका प्रयोगशालाका उपकरण र पाँच जना विज्ञसहितको प्राविधिक टोली नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी आइपुगेको हो ।

प्रयोगशाला स्थापनाका लागि विज्ञहरुको टोली खटाइएको छ । पठाइएका उपकरणबाट भोलिबाटै परिक्षण शुरु गरिने सूचना अधिकारी खड्काको भनाइ छ ।

प्रकाशित मिति: १९ चैत्र २०७६, बुधबार  ११ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।