सुनचाँदीको भाउ लकडाउनभरी निर्धारण नहुने

0
Shares

चीनबाट फैलिएको नोबल कोरोना भाइरसले विश्व अर्थतन्त्र नै प्रभावित भई अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको भएपनि नेपालमा भने लकडाउन अवधिभर (चैत २५ ) गतेसम्म सुनचाँदीको भाउ निर्धारण नहुने भएको छ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार प्रतिऔस सुनको मूल्य १ हजार ५९० डलरसम्म कायम छ ।

नेपाल सुन चाँदी ब्यवसायी महासंघले यसअघि नै लकडाउन अवधिभर सुनचाँदीको भाउ निर्धारण नगर्ने निर्णय गरेको थियो।

यसअघि संघले चैत १० गते सोमबार छापावाल सुन प्रतितोला ७७ हजार, तेजावी सुन ७६ हजार ७०० र चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भएको थियो। त्यस यता मूल्य निर्धारण गरिएको छैन भने लकडाउनका कारण अधिकांश सुनचाँदी पसल सहित बजार बन्द रहेको छ।

प्रकाशित मिति: १९ चैत २०७६, बुधबार  १२ : १५ बजे