कोरोना प्रभाव: डरलको भाउ बढेको बढ्यै, बुधबार ८ पैसा महङ्गियो

0
Shares

चीनबाट फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड १९) ले विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेपछि लगानीकर्ताहरुले डलरको माग बढाउँदा डलरको मूल्यमा बढोत्तरी हुने क्रम रोकिएको छैन।

चैत १९ गते बुधबार एक अमेरिकी डलरको खरीद भाउ १२१ रुपैयाँ ८३ पैसामा आएको छ। हिजो मंगलबार एक डलरको खरीददर १२० रुपैयाँ ६८ पैसा र बिक्रीदर १२१ रुपैयाँ २८ पैसा रहेको थियो। सोमबारको तुलनामा मंगलबार डलरको भाउ १ रुपैयाँ १२ पैसाले बढेको थियो।

नेपाल राष्ट्र बैंकले अन्तराष्ट्रिय बजारमा बढेको डलरको भाउ अनुसार अघिल्लो दिनभरी भएको कारोबारका आधारमा राष्ट्र बैंकले अर्को दिनको रिफरेन्स रेट तोक्छ।

मार्च १ मा ११५ रुपैयाँ रहेको डलरको भाउ १ महिनमा नै ६ डलरभन्दा बढीले महङ्गो भैसकेको अवस्था छ। विश्व अर्थतन्त्रमा कोरोना प्राभव हाबी हुँदा डलर अहिलेसम्मकै उच्च दरमा उक्लिएको हो।

कोरोनाका कारण चीन पश्चत युरोपेली र एशियाली शेयर अर्थतन्त्रपनि प्रभावित हुन थालेको छ। जसका कारण लगानीकर्ताहरु शेयर बजारबाट विस्तारै बाहिरिन थाल्दा विश्वका ठूला स्टक एक्सचेञ्जका सूचकहरु फराकिलो अन्तरले झर्न थालेका छन्। कोरोनाको कारण अहिले विश्व शेयर बजारमा पनि सन् १९७८ को त्रैमासभन्दा खराब अवस्थामा पुग्ने आंकलन गरिएको छ।

प्रकाशित मिति: १९ चैत २०७६, बुधबार  १५ : ३० बजे