साधना लघुवित्तको आईपीओलाई ग्रेड ४ प्लस रेटिङ

0
Shares

साधना लघुवित्त वित्तीय संस्थाले सर्वसाधाणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्नका लागि रेटिङ गराएको छ ।

क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले साधना लुवित्तले जारी गर्ने आईपीओलाई ‘इक्रा एनपी आईपिओ ग्रेड ४ प्लस रेटिङ’ प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय अवस्था औषत भन्दा कम आधार रहेको जनाउँछ।

लघुवित्तले एक सय रुपैयाँ अंकित दरमा ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आईपीओ जारी गर्न लागेको हो।

जसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक तोकेर सम्झौता सम्पन्न गरिसकेको छ। लघुवित्तको आईपीओ हाल धितोपत्र बोर्डको पाइपलाईनमा रहेको छ।

बोर्डले स्ववीकृति प्रदान गरेपश्चात कम्पनीले आह्वानपत्र प्रकाशन गरि आईपीओ बिक्री खुला गर्नेछ।

गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्तको चुक्ता पूँजी १४ करोड ७० लाख रुपैयाँ छ । सर्वसाधारणमा शेयर जारी पश्चात् संस्थाको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँ पुग्नेछ।

विसं २०७४ कार्तिक २२ गतेबाट १० जिल्ला कार्यक्षेत्र रहेको क्षेत्रीयस्तरको वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त गरी कारोबार गदैृ आएकाृ यस लघुवित्तलाई आर्थिक समृद्धि मर्जर पश्चात नेपाल राष्ट्र बैंकले मंसिर ११ गते नेपालभर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार सञ्चालन अनुमति दिउसँगै राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थामा स्तरोन्नति भएको छ।

प्रकाशित मिति: १९ चैत २०७६, बुधबार  १९ : २६ बजे