सेञ्चुरी बैंकको कोरोना नियन्त्रणका लागि ८५ लाख सहयोग

0
Shares

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (CCBL) ले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाममा सहयोग पु¥याउने उद्देश्यले ८५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कोषबाट सरकारले स्थापना गरेको कोरोना संक्रमण नियन्त्रण रोकथाम कोषमा उक्त रकम बराबरको सहयोग प्रदान गरेको हो।

जस अन्र्तगत हरेक (सातवटै) प्रदेश सरकारलाई ५ लाख रुपैयाँका दरले ३५ लाख रुपैयाँ र केन्द्रीय सरकारलाई ५० लाख रुपैयाँ प्रदान गरिने बैंकले जनाएको छ। उक्त रकम सम्बन्धित कोषमा प्रदान गर्ने बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।