कोरोना रोकथामका लागि नेपाल बंगलादेश बैंक र कर्मचारीको १ करोड ४५ लाख सहयोग


नेपाल बंगलादेश बैंक र बैंकका कर्मचारीले कोरोना संक्रमण रोकथामका लागि सरकारलाई १ करोड ४५ लाख रुपैंया सहयोग गर्ने भएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले नोटबजारलाई दिएको जानकारी अनुसार बैंकका कर्मचारीहरुको केही दिनको तलब समेत गरी कोषमा १ करोड ४५ लाख रुपैंया सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने भएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाका अनुसार सात प्रदेशका सरकारलाई ५ लाख रुपैंयाको दरले ३५ लाख रुपैंया र बाँकी १ करोड १० लाख संघीय सरकारले पाउने गरी रकम उपलब्ध गराउन लागिएको हो ।

मुलुक समस्यामा परेका बेला सहयोगी हातको रुपमा बै.कले सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग घोषणा गरेको र केही दिन भित्रमा नै कोषमा रकम जम्मा गरिने ढुङ्गानाले नोटबजारलाई बताए ।

लकडाउन उल्लङ्घनले आफू मात्र नभई अरु पनि जोखिममा पर्ने भन्दै संयमित हुँदै संक्रमणका बिरुद्धमा एकजुट भएर लाग्न पनि प्रमुख कार्यकारी ढुङ्गानाले आग्रह गरेका छन् ।