विश्वव्यपी रुपमा फौलिएको कोरोना भाइरसले छिमेकी राष्ट्र भारतको अर्थतन्त्र पछिल्ला ३ दशक यताकै कमजोर अवस्थामा पुगेको छ । कोरोना भाइरसको संक्रमण भन्दा पहिले नै सुस्त रहेको भारतीय अर्थतन्त्र कारेरोनाका कारण थप प्रभावीत भएको हो ।
भारतमा कोरोना संक्रमणको संख्या वढ्दै गएपछि सरकराले २१ दिनका लागि लक डाउन घोषण गरेको अवस्था छ । लकडाउनका कारण भारतीय अर्थतन्त्रमा ठुलो असर परेको हुनाले आर्थिक वृद्धि पछिल्लो ३० वर्ष यताकै न्यून हुने देखिएको हो ।
क्रेडिट रेटिङ एजेन्सी फिच रेटिङका अनुसार चालु आर्थिक वर्षमा भारतको आर्थिक वृद्धिदर २ प्रतिशतमा सिमित रहने जनाएको छ । यो पछिल्लो ३० वर्ष यताकै न्यून हो ।
यसभन्दा अघि फिचले भारतको आर्थिक वृद्धिदर ५.१ प्रतिशत प्रक्षेपण गरेको थियो ।
कोरोना भाइरसको महामारीका कारण विश्वभर लकडाउनको अवस्था छ । यसले सम्पुर्ण विश्व अर्थतन्त्रलाइ नै प्रभावीत पारेको छ । यो असरवाट भारत मात्र बच्न सक्दैन । फिचले चालु आर्थिक वर्षको भारतीय आर्थिक वृद्धिदर २ प्रतिशतमा सिमित रहने अनुमान गरेको हो । राष्ट्रिय लोक वित्त संस्थानका प्रध्यापक एन आर भानुमुर्तीका अनुसार अहिलेको लकडानका कारण भारतको अर्थव्यवस्था अझै खराव हुने देखिन्छ । आर्थिक सुधारपछि चालु आर्थिक वर्षमा भारतको आर्थिक वृद्धि हालसम्मकै न्यून हुन सक्ने उनको भनाइ छ ।
एसियन डेभलपमेन्ट बैंकले पनि कोरोना भाइरसका कारण विश्व भरी देखिएको मानवीय समस्याका कारण भारतको आर्थिक वृद्धि घटेर ४ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षमा भारतको आर्थिक वृद्धि घटेपनि आगामी आर्थिक वर्षमा भारतको अर्थतन्त्र पुरानो लयमा फकर्ने समेत एसियन डेभलपमेन्ट बैंकले जनाएको छ ।












प्रतिक्रिया