चेम्बर अफ कमर्सद्धारा ट्राफिक प्रहरी महाशाखा र टेकु अस्पताललाई मास्क सहयोग


नेपाल चेम्बर अफ कमर्सले महानगरीय ट्राफिक प्रहरी र शुक्रराज ट्रपकिल तथा सरुवा रोग अस्पताललाई मास्क तथा पञ्जा उपलब्ध गराएको छ ।

चेम्बर अध्यक्ष डा.राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राले संयुक्त रुपमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकाललाई २ हजार ५ सय थान माक्स र ५ सय जोर पन्जा हस्तान्तरण गरेका हुन् । चेम्बर अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष मल्होत्राले टेकू अस्पतालका डाक्टर राजेश शाहलाई १ हजार थान मास्क हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार  १४ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।