मेरो माइक्रोफाइनान्सको दुई लाख कित्ता लिलामीको शेयरमा आवेदन खुल्यो

0
Shares

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको दुई लाख ९ हजार ६४९ कित्ता साधारण शेयरमा जेठ ७ गतेदेखि लिलामीमा आएको छ। कम्पनीले यसअघि जारी गरेको शतप्रतिशत हकप्रद नबिकेको शेयर लिलामीमा राखेको हो ।

इच्छुक लगानीकर्ताले लिलामी शेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम कित्तासम्मका लागि प्रतिकित्ता न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा बढी बढाबढ मूल्य बोलकलोब गरि पेश गर्नुपर्नेछ ।

बोलपत्र जेठ १४ गतेसम्म भर्न पाइनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल जमल, तथा ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु विर्तामोड, विराटनगर, जनकपुर, विरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, वाग्लुङ्ग, बुटबल मिलनचोक, घोराही दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी, र महेन्द्रनगरबाट समेत बोलपत्र पेश गर्न सक्नेछन्।

जेठ ६ गते सोमबार माइक्रोफाइनान्सको शेयर मूल्य प्रतिकित्ता ६०८ रुपैयाँ कायम छ ।