कोभिड-१९ को सङ्क्रमण रोक्न जोर्डनमा कर्फ्यू ,ड्रोन क्यामराद्वारा अनुगमन

0
Shares

जोर्डनले कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणलाई यहाँका वस्तीमा फैलिनबाट रोक्ने प्रयासस्वरूप गत महिनाको अत्यदेखि घोषणा गरेका कर्फ्यू आदेशको पालना भए नभएको ड्रोन र क्यामराद्वारा अनुगमन गर्ने बताएको छ ।

जोर्डनमा कोरोना भाइरस सङ्क्रमितको सङख्या फैलिने क्रम बढ्न थालेपछि यहाँ राष्ट्रव्यापी कर्फ्यू आदेश जारी भएको हो। जोर्डनमा आइतबारसम्म सङ्क्रमितको सङ्ख्या ३२३ पुगेको छ भने यो भाइरस सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको छ।

“सशस्त्र तथा अन्य प्रहरी बलले ड्रोन र सीसी क्यामेराजस्ता आधुनिक प्रविधिको प्रयोग गरेर कफ्र्यू आदेश उल्लङ्घन भए नभएको अनुगमन गर्नेछन्,” जोर्डनका सूचना सहायक मन्त्री अम्जाद अल–अदाल्लेले नियमित पत्रकार सम्मेलनमा भने।

सरकारका प्रवक्तासमेत रहेका अदाल्लेले भन्नुभयो, “सङ्क्रमण फैलिन नदिन अख्तियार गरेका उपायलाई कसैले उल्लङ्घन गरेमा कडा कानुनी कारबाही गरिनेछ ।”

जोर्डनका अधिकारीले दिएको जानकारीअनुसार कफ्र्यू आदेशको उल्लङ्घन गरी सडकमा निस्किने एक हजार ६०० व्यक्तिलाई आइतबारसम्म जोर्डनले पक्राउ गरेको र उनीहरूलाई कडा दण्ड तथा सजायँ दिइने बताएका छन् ।

जोर्डनले देशको राजधानी र सबै प्रान्तलाई कोरोना सङ्क्रमण रोकथामका लागि भन्दै पूर्णतया बन्द गरेको छ । जोर्डनमा यस पहिले देखि नै विद्यालय बन्द भएका छन् भने सहर तथा ग्रामीण वस्तीमा समेत सार्वजनिक जमघट गर्नमा रोक लगाइएको छ ।

 

प्रकाशित मिति: २३ चैत २०७६, आइतबार  १९ : ५५ बजे