गभर्नरमा सिफारिस तीन जना मध्ये कसको सम्भावना उच्च ?

0
Shares

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीका लागि सरकारले गठन गरेको छनौट समितिले गर्भनरको आकाक्षीहरु मध्येवाट आवश्यक प्रक्रिया पुर्याएर तीन आवेदकको सूची सरकारलाई सिफारिस गरेको छ ।

गभर्नरका लागि तीन जनाको नाम सिफारिस

सरकारले अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा पूर्व सचिव कृष्ण हरि बास्कोटा र पूर्व गभर्नर विजयनाथ भट्टराइ सदस्य रहेको छनौट समिति गठन गरेको थियो ।

सो समितिले आगामी गभर्नरका लागि पूर्व अर्थसचिव राजन खनाल, पूर्व डेपुटि गभर्नर तथा नेपाल इन्भेष्टमेन्ट बोर्डका बाहालवाल प्रमूख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र नेपाल राष्ट्र बैंककै कामु गभर्नरको जिम्मा पाएका चिन्तामणी सिवाकोटी रहेका छन् ।

सिफारिसमा परेका तीन मध्ये एकलाई सरकारले आगामी ५ वर्षका लागि नेपाल राष्ट्र बैंकको गभर्नरमा नियूक्त गर्ने छ । संयोगवस सोमबार समितिले तीन उम्मेद्धवारलाई सिफारीस गरेको छ भने मन्त्री परिषदको बैठक पनि आजै हुने तय भएको छ । सोमबारको मन्त्री परिषदले नयाँ गर्भनर पनि नियुक्त गर्नेछ ।

डा. राजन खनाल

पूर्व अर्थ सचिव डा. राजन खनाल माघदेखि अवकास पाएका हुन । तत्कालिन एमाले निकट मानिएका खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अर्थमन्त्री डा. युवराज खतिवडाले कार्यभार सम्हालेपछि अर्थसचिव बनाएका थिए । अख्तियार जानु अघि खनाल राजश्व सचिवको जिम्मेवारीमा थिए । उनी २०७४ चैत २६ गते सचिवमा बढुवा भएका थिए ।

नेपालको कर नीतिका विषयमा नेपाल संस्कृत विश्वविद्यालयबाट पीएचडी गरेका खनाल कर प्रशासनको विज्ञका रुपमा चिनिन्छन । राष्ट्र बैंक सञ्चालक समितिमा सदस्य पनि भैसकेका खनाल कर्मचारी पृष्ठभुमीबाट आएका हुन । अर्थमन्त्रालय र राष्ट्र बैंक दुबैलाई नजिकबाट बुझेका खनाललाई गभर्नर बनाउँदा सरकारलाई काम गर्न सहज हुने भएकाले उनलाइ पनि अघि सारीएको हो ।

चिन्तामणि सिवाकोटी

सिफारीस समितिले मन्त्री परिषदलाई सिफारीस गरेको दोस्रो ब्यक्ति हालका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी हुन । २०४४ मा राष्ट्र बैंकको प्रमुख सहायक पदबाट करियर सुरु गरेका सिवाकोटी १९ फागुन ०७२ मा डेपुटी गभर्नर बनेका थिए ।

२०७२ भदौमा कार्यकारी निर्देशकमा बढुवा भएका उनलाई सरकारले डेपुटी गभर्नरमा नियुक्त गरेको थियो । सिवकोटी अमेरिकाको साउदर्न न्यू हेम्पासायर युनिभर्सिटीबाट वित्तीय व्यवस्थापनमा स्नातकोत्तर हुन् ।

महाप्रसाद अधिकारी

त्यसैगरी समितिले सिफारीस गरेको तेस्रो ब्यक्ति लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी रहेका छन । राष्ट्र बैंकको पूर्वडेपुटी गभर्नर भैसकेका अधिकारी चार्टर्ड एकाउन्टेन्टस् पनि हुन । कन्द्रीय बैंकमा ३० वर्ष सेवा गरेका अधिकारीको पहिचालन नेपाल बंलादेश बैंकको व्यवस्थापन केन्द्रीय बैंकले लिदा उनी संयोज थिए ।

समस्यामा आएको नेपाल बैंलादेश बैंकलाइ व्यूताउनका ठुलो भुमीका खेलेका अधिकारी यसअघि पनि गभर्नरका लागि सिफारिस भएका थिए । अधिकारीको इन्भेष्टमेन्ट बोर्डको ४ वर्षको अवधिमा पनि आगमी केही महिनामा समाप्त हुदै छ ।

प्रकाशित मिति: २४ चैत २०७६, सोमबार  १५ : २४ बजे