बसन्त चौधरीद्धारा ६० लाख बराबरको स्वास्थ्यजन्य सामग्री हस्तान्तरण

0
Shares

बसन्त चौधरी फाउन्डेसन तथा नर्भिक इन्टरनेसनल अस्पतालको तर्फबाट ६० लाख रुपैयाँ बराबरको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई स्वास्थ्यजन्य सामग्री हस्तान्तरण गरेको छ।

फाउन्डेसन र अस्पतालले थ्री एम इन ९५ मास्क ३ हजार, सर्जिकल मास्क ४८ हजार र १ हजार थान व्यक्तिगत सुरक्षा कवज (पिपिई) उपलब्ध गराएको हो।

स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार उक्त सामग्री स्वास्थ्यमन्त्री मार्फत सरकारलाई हस्तान्तरण भएको जानकारी दिए।

नर्भिक इन्टरनेशनल अस्पतालले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्रदान गरेको औषधिजन्य सामग्री सोमबार नै नेपाली सेनालाई हस्तान्तरण गरिएको छ।

प्रकाशित मिति: २४ चैत २०७६, सोमबार  १७ : १६ बजे