भारतमा कोरोना सङ्क्रमितको संख्या चार हजार तीन सय नाघ्यो

0
Shares

भारतमा पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेको छ। यससँगै भारतमा सोमबार बेलुका ६ बजेसम्म यसका सङ्क्रमितको संख्या ४ हजार ३१४ जना पुगेको छ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण २५ जनामा सङ्क्रमण देखिएको छ । साथै भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । सोमबार बेलुकासम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या ११८ पुगेको सो मन्त्रालयले जानकारी दिएको छ । यो प्रति एक मिलियनमा जनसंख्यामा ३ जना हुन आउँछ।

यी सङ्क्रमितहरुमध्ये उपचारको क्रममा ३२८ जना भने उपचार गरी घर फर्र्किएका छन् । अरु ३ हजार ८६८ जना भने उपचाररत रहेका छन् । उनीहरु केही अस्पताल त केही आफ्नो घरमा नै निगरानीमा रही उपचार गराइरहेका छन् ।

भारतमा विस्तारै यसको प्रकोप बढ्न थालेको महसुश गरिएको छ । भारतका अरु राज्यको तुलनामा महाराष्ट्रमा यसका सङ्क्रमितहरु बढेको देखिएको छ । महाराष्ट्रमा र तामिल नाडुमा धेरै संक्रमित भेटिएका छन् ।

भारतमा हालसम्म १ लाख ४० हजार बढी व्यक्तिमा कोरोनाका सङ्क्रमितको आशंकामा परीक्षणहरु गरिएको छ । यो प्रति एक मिलियनमा जनसंख्यामा १०२ जना हुन आउँछ।

भारतमा दुई हप्तायतादेखि देशैभर लकडाउनको घोषणा गरिएको छ । जसका कारण त्यहाँको जनजीवन निकै प्रभावित भएको बताइएको छ । तर यता दिन प्रतिदिन नयाँ सङ्क्रमितहरु थपिँदै जान थालेपछि भने यो लकडाउनको अवधि पनि थप लम्ब्याउन सकिने देखिएको बताइएको छ।

 

  • कोरोना मुक्त भारत बनाउन प्रधानमन्त्री मोदीको आह्वान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई कोरोना फ्रि घोषणा गर्ने वातावरण बनाउन भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई अपिल गरेका छन्।

उनले देशमा ‘कोभिड १९’ का सङ्क्रमितहरु बढ्दै गएको देखिएपछि सबै भारतीय नागरिकलाई लकडाउनमा घरैमा बसेर सहयोग गर्न अपिल गरिएको प्रसंग उल्लेख गर्दै यस्तो अवस्थामा नागरिकलाई परेका समस्याहरुको समाधान गर्न पार्टी कार्यकर्ताहरुलाई आग्रह गरेका हुन्।

भारतीय जनता पार्टीको ४० औँ स्थापना दिवसका अवसरमा उनले आफ्ना कार्यकर्ताहरुलाई देश यतिबेला महामारीमा परिरहेकोले यस्तो बेलामा खटेर काम गर्न र आवश्यकताअनुसार नागरिकका समस्या र अप्ठेरोहरुमा सघाउन पनि आह्वान गरेका छन्। सबै भारतीय नागरिकले प्रतिबद्धता र सहयोगका साथ लड्ने हो भने भारतलाई कोरोना मुक्त देश बनाउन धेरै गाह्रो नभएको उनले बताए।

कोरोना भाइरसको बारेमा नागरिकमा जानकारी गराउने, चेतनामूलक कार्यक्रमहरुलाई नागरिकको घर दैलोमा लैजाने र सामाजिक दुरी कायम गरेर देशमा कोरोनाका विरुद्धमा लड्ने र त्यसलाई परास्त गर्ने काम गर्न उनले भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई अपिल गरेका हुन्।

विश्वमा नै प्राणघातक यस भाइरसले प्रभाव पारिरहेका बेला भारतमा पनि पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेपछि भारत थप कडाइका साथ लकडाउनको पालना गराउन क्रियाशिल भएको छ ।

प्रकाशित मिति: २४ चैत २०७६, सोमबार  १८ : ०१ बजे