दुई साता अझै चुनौतीपूर्ण हुनसक्छ प्रधानमन्त्री

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै कोरोना संक्रमणको कारण आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने उल्लेख गर्नुभएको छ।

उहाँले हालसम्म नेपाली समुदायबाट लकडाउनको पालना गरेकोमा धन्यवादन दिँदै बाँकी अवधिका लागि पनि धैर्यता राख्न आग्रह गरेका छन्।
उहाँले दुई सातको अवधिमा थप संक्रमित देखिने मात्र होइन समुदायमा संक्रमण फैलिने जोखिम रहनसक्ने भन्दै सचेत हुन आग्रह गर्नुभएको छ। उहाँले संक्रमण फैलिन नदिन नयाँ ट्रेसिङ एप सुरु गर्न लागिएको जानकारी दिए।

सरकारले ३० हजार ५६६ जनालाई राख्न सकिने क्वारेन्टाइन केन्द्रको व्यवस्था गरिएको, ९ हजार १६८ जना क्वरेन्टाइनमा रहेका छन्। ३ हजार २५९ जना क्षमताको आइसोलेसन बेड तयार गरिएको छ। हालसम्म ९५ जना आइसोलेसनमा उपचाररत रहेको उहाँले जानकारी दिनुभयो।

सरकार सकभर संक्रमण फैलिन नदिन र फैलिहालेको खण्डमा पनि त्यसलाई नियन्त्रण गर्न पूर्ण तयारीमा जुटेको छ। यस अवधिमा सातै प्रदेशमा पोलिमरेज चेन रियाक्सन (पिसिआर) मेसिनबाट परीक्षण सुरु गरिएको छ।

यस अवधिमा सातै प्रदेशबाट पोलिमरेज चेन रियाक्सन (पिसिआर) प्रविधिबाट परीक्षण शुरु गरिएको छ । सोमबारसम्म १ हजार ८ सय ९० जनाको परीक्षण गरिसकिएको छ । सातै प्रदेशका १० परीक्षण केन्द्रबाट परीक्षणलाई तीव्रता दिनुका साथै सङ्क्रमणको उच्च जोखिममा रहेका जिल्लाहरुमा द्रूत परीक्षण (¥यापिड डिटेक्सन टेस्ट–आरडिटी) विधि मार्फत् हजारौंको नमूना परीक्षणको तयारी अगाडि बढाइएको छ ।

सातै प्रदेशमा, उपचारमा आवश्यक पर्ने पर्सनल प्रोटेक्टीभ इक्वीपमेण्ट (पीपीई) पूरा सेट- १ हजार ४८ थान, गाउन– ११ हजार ८ सय १९ थान, एन ९५ मास्क– ४ हजार ३४५ थान, मास्क– ५ लाख ६५ हजार २६१ थान सहित आवश्यक विभिन्न स्वास्थ्य सामग्रीहरुको व्यवस्था गरिएको छ । भेण्टिलेटर सहित अपुग स्वास्थ्य सामग्री तथा उपकरणको थप प्रबन्ध गरिँदै छ ।

प्रकाशित मिति: २५ चैत २०७६, मंगलबार  १२ : ४६ बजे