लकडाउनको तेस्रो हफ्ताको लागि क्लियरिङ्ग र सेटल्मेन्टको समय परिवर्तन

0
Shares

नेपाल क्लियरिङ्ग हाउसले बैंकको चेक क्लियरिङ्ग गर्ने समय थप गरेको छ ।

कम्पनीले ईलेक्ट्रोनिक चेक क्लियरिङ्ग र अन्तरबैंक भुक्तानी प्रणालीमा विहीबार देखि लकडाउन पूर्वको अवस्था बमोजिमको समयसम्म क्लियरिङ्ग र सेटल्मेन्ट हुने जनाएको हो ।

सोही व्यवस्था अनुसार ईलेक्ट्रोनिक चेक क्लियरिङ्ग रेगुलर सेसनमा दिनको १:३० बजे सम्म जम्मा गरिएका चेकहरु र अन्तरबैंक भुक्तानी प्रणालीमा दिनको १ बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुने भएको छ । उक्त समय सीमा पछी प्रणालीमा आएका कारोबारहरु अर्को दिनमा फर्छौट हुने कम्पनीले जनाएको छ।

हालको लकडाउनको अवस्थामा बैंक वित्तिय संस्थाहरुका सीमित शाखाहरुबाट मात्र कारोबार हुँदै आएको र ग्राहकहरुलाई शाखासम्म पुग्न समेत अप्ठेरो भएकोले, लकडाउनको दोस्रो हप्तासम्म ११:३० बजेसम्म प्राप्त भएका कारोबारको मात्र सोही दिनमा क्लियरिङ्ग हुँदै आएको थियो ।

चैत्र मसान्तमा अत्यावश्यक सेवा सुविधा अन्तर्गतका भुक्तानीहरुको चाप अधिक हुने हुँदा लकडाउनको तेस्रो हफ्ताको लागि क्लियरिङ्ग र सेटल्मेन्टको समय परिवर्तन गरिएको हो । कर्मचारीहरुको तलब भत्ता, सरकारी भुक्तानीहरु, सप्लायर/पार्टी पेमेन्टहरु, कस्टमर फण्ड ट्रान्स्फर लगायतका भुक्तानीहरु चैत्र मसान्तमा अधिक मात्रामा हुने गर्दछन्।