नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ ।
अमेरिकी डलरको विनियम दर अहिलेसम्मकै उच्च विन्दुमा पुगेपछि नेपाली मुद्रा कमजोर भएको हो।
कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा समेत कमजोर भएपछि त्यसको प्रभाव नेपाली मुद्रामा परेको हो ।
राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २२ रुपैयाँ ५० पैसा (बिक्रीदर) तोकेको छ । यो हालसम्मकै उच्च हो ।
यसअघि गत चैत ११ मा यस्तो विनिमय दर १ सय २२ रुपैयाँ ३४ पैसा थियो । यसअघिको न्यून विनिमय दरको तुलनामा बिहीबार नेपाली मुद्राको भाउ कमजोर (अवमूल्यन) भएको हो ।
बिहीबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर १ सय २१ रुपैयाँ ९० पैसा तोकेको छ ।
केही महिनायता कोरोना भाइरसका कारण विश्वबजार प्रभावित छ । यसकारण विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेको छ ।
प्रतिक्रिया