परिपक्क भएको निक्षेप फोन वा इमेल मार्फत पनि नविकरण गर्न सकिने

0
Shares

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेको आज १४ दिन भएको भएको छ । यो अवस्थामा घरवाट बाहिर निस्कन नमिले पनि बैंक वित्तीय संस्थामा राखेको निक्षेप परिपक्क भएको छ भने नविकरण गर्न सकिने भएको छ ।

घरवाट निस्केर बैंकसम्म पुग्न नसकेपनि बैंकमा राखेको निक्षेप परिपक्क भएको अवस्था छ भने फोन वा इमेल मार्फत बैंकमा सम्पर्क गरेर नविरण गर्न सकिने व्यवस्था गरेको बैंकर्स संघले जनाएको छ ।

संघले ग्राहकहरु बैंकमा पुग्न नसक्ने भएकाले परिपक्क हुने र भएको मुद्दती निक्षेपको नविरकण बैंकमा रजिष्टर गरीएको इमेल वा फोन मार्फत अनुरोध गर्न सकिने जनाएको छ ।