करिब तीन हजार नमुना परिक्षण सम्पन्न, नयाँ कोरोना सङ्क्रमित देखिएन

0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले करिब तीन हजार नमुना परिक्षण सम्पन्न हुँदा थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको जनाएको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप नयाँ कोरोना सङ्क्रमित व्यक्ति नभएको बताए। उनले तीन हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमणको नमूना परीक्षण गरेको बताए।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म कूल २ हजार ८९५ नमूना परीक्षण सम्पन्न भएका छन् । जसमा काठमाडौं उपत्यकामा रहेको प्रयोगशालामा २ हजार ३८२ र उपत्यका बाहिर ५१३ नमूना परीक्षण भएका छन् भने १९३ परीक्षण भइरहेका छन् ।

हालसम्म नेपालभरि ७ हजार ९४० जना क्वारेन्टाइनमा छन् । आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या भने ११७ रहेको छ । सोमध्ये काठमाडौं उपत्यकामा १८ र उपत्यका बाहिर ९९ रहेका छन् । मन्त्रालयका प्रवक्ता देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षणका लागि प्रतिप्रदेश पाँच हजारका दरले ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) सामग्री प्रदान गरिएको बताए।

बाग्लुङ, म्याग्दी र पर्वतका स्वास्थ्कर्मीलाई ¥यापिड डाइग्नोस्टिक टेस्टसम्बन्धी तालिम दिइएको र परीक्षण समेत शुरु गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यसैगरी कैलाली र कञ्चनपुरमा हालसम्म ६६ टेस्ट गरिएको छ भने सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रलायको भनाई छ ।

प्रकाशित मिति: २७ चैत २०७६, बिहीबार  १८ : ५५ बजे