प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच संवाद

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा शुक्रबार संवाद भएको छ।

दुबै देशका प्रमबीच एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा संवाद भएको हो ।

प्रधानमन्त्री ओली आज टेलिफोन संवाद गरी भारतीय समकक्षी मोदीलाई उक्त आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उहाँहरुबीच आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज एवं सुचारु राख्न पनि पनि छलफल भएको जानकारी दिए।

प्रधानमन्त्री ओलीले भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगका लागि मोदीलाई धन्यवाद दिनुभएको थियो ।

प्रकाशित मिति: २८ चैत २०७६, शुक्रबार  १४ : २० बजे