लक्ष्मी बैंकको ९ लाख कित्ता संस्थापक शेयर साधारणमा परिवर्तन


लक्ष्मी बैंकको ९ लाख ५ हजार ५१२.४५ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन भएको छ । नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डले शेयर रुपान्तरलाई स्वीकृति दिएपछि नेप्सेले सो परिमाणको संस्थापक शेयर साधारणमा परिवर्तन गरेको हो ।

परिवर्तन भएको संस्थापक सेयर अव साधारण सेयर सरह नै खरिद बिक्री हुनेछ । आगामी दिन देखि बैंकको संस्थापक र साधारण सेयरको स्वमित्व समेत परिवर्तन भएको छ ।

लक्ष्मी बैंकको संस्थापक ५१ प्रतिशत र साधारण शेयर अनुपात प्रतिशत ४९ कायम भएको छ । चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसारबैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड पाँच लाख ९ हजार रहेको छ ।

बैंकले शेयर संरचना परिवर्तन गर्न धितोपत्र बोर्डबाट २०७५ माघ १७ गते र नेपाल राष्ट्र बैंकबाट २०७४ कार्तिक १५ गते स्वीकृति पाएको थियो । धितोपत्रको दोस्रो बजारमा कारोबार गरेर पनि संस्थापक सेयर परिवर्तन गर्न सकिने व्यवस्थाले संस्थापक सेयर धनीलाइ सहज भएको छ ।