पूर्व राजा भन्छन्:- कोरोना संक्रमण रोक्न सरकारले अझ द्रुत गतिमा सावधानीका उपायहरु अबलम्बन गर्नुपर्छ

0
Shares

पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रबार राती ट्वीट गर्दै कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न नेपाल सरकारले अझ द्रुतगतिमा देशभर सक्दो सावधानीका उपायहरु अबलम्बन गर्दै जानु उत्तम हुने उल्लेख गरेका छन्।

कोरोना भाइरस संक्रमणको सयौं दिन पुग्दासम्म पनि विश्व स्वास्थ्य संगठन (WHO) को तथ्याङ्क हेर्दा अझै कोरोना भाईरसको संक्रमण फैलिने क्रम नरोकिएको स्पष्ट भएको भन्दै नेपाल जस्तो सीमित श्रोत साधन भएको मुलुकले त झन् ढुक्क हुने अवस्था नरहेको बताएका हुन्।

उनले भनेका छन्:- “संकटको यस घडीमा देश र जनताका हितमा कार्यरत राष्ट्रसेवक कर्मचारी, सेना, प्रहरी, सफाईकर्मी लगायतका कसैको पनि मनोबल गिर्ने गरी सरकारले कुनै निर्णय लिनु वा कानून विपरीत पूर्वाग्रह राख्नु निन्दनीय कार्य हो । कानून निर्माण पक्षले नै कानून मिच्दा आम जनमानसले कानूनको अविश्वास गर्नेछन् ।”

प्रकाशित मिति: २९ चैत २०७६, शनिबार  ०८ : ३८ बजे