कैलालीमा ¥यापिड टेष्टका लागि किट अपुग

0
Shares

सरकारले केही जिल्लामा कोरोना संक्रमण भएनभएको पत्ता लगाउन ¥यापिड टेस्ट गर्ने निर्णय गरेको भए पनि कैलालीमा किट भने अपुग हुने देखिएको छ ।

जिल्लामा चैतमा मात्रै दश हजारभन्दा बढी मानिस भारतका विभिन्न ठाउंँबाट आएको हुन सक्ने स्थानीय तहहरुको अनुमान छ ।

स्वास्थ्य अधिकारीहरु भारतबाट विभिन्न नाका भएर वा लुकेर सो अवधिमा करीब एक लाख ५० हजार मानिस विदेशबाट सुदूरपश्चिममा भित्रिएको बताउंँछन् ।

हाल सरकारले सुदूरपश्चिममा केवल १० हजार थान मात्र आरडिटी किट उपलब्ध गराएको छ । “यति थोरै परिमाणले ती सबै मान्छेको ¥यापिड टेष्ट गर्न कसरी पुग्छ ?”, एक स्वास्थ्यकर्मीले भने, ‘‘परीक्षणका लागि आरडिटी किट अभाव हुन्छ ।’’

हाल टीकापुर नगरपालिकामा मात्रै चैतभित्र भारतबाट आएर घर फर्केका र क्वारेन्टाइन नबसेर घरमै बसेका करीब ५०० देखि ७०० मानिस हुन सक्ने बताइएको छ। यहांँ ¥यापिड टेष्टका लागि सरकारबाट ६० थान किट मात्रै उपलब्ध भएको नगरपालिका, स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए।

यस्तै लम्की चुहा नगरपालिकामा समेत ¥यापिड टेष्टका लागि सरकारले ५० किट मात्र उपलब्ध गराएको छ। लम्की चुहाका स्वास्थ्य शाखा संयोजक जयन्ती बिष्टले भने, ‘‘बाँकी १५ किट रहेको छ, आइतबार टेष्ट गर्छौँ, हामीकहांँ किटभन्दा बढी क्वारेन्टाइमा राखिएका नागरिक छन्, कसरी पुग्नू ?’’

लम्कीचुहाका विभिन्न वडामा चैतभर भारतबाट घर फर्किएर घरमै बसेकाहरु दुई हजारभन्दा बढी रहेको नगर प्रमुख महादेव बजगाईँ बताउन्छन्।

सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशी अहिले कैलालीमा पहिलो चरणमा क्वारेन्टाइनमा रहेकाहरुको मात्र जाँच गर्ने गरी काम अगाडि बढाइएको बताउँछन्।

सुदूरपश्चिम, सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत नरेन्द्रसिंह कार्कीले संघिय सरकारबाट अहिलेसम्म १० हजार किट आएको बताए। “१० हजार किट प्राप्त भएको छ र १० हजार किट फेरी माग गरेका छौंँ”, कार्कीले भने, ‘‘सबैको परीक्षण गर्ने सरकारको योजना हो । किट आएमा बांँकीको पनि परीक्षण गर्नेछौं ।’’

प्रकाशित मिति: २९ चैत २०७६, शनिबार  १५ : ३१ बजे