नयाँ वर्ष शुरु: विक्रम संवतको आफ्नै मौलिकता

0
Shares

आजदेखि नेपाली नयाँ वर्ष २०७७ शुरु भएको छ । नेपालको मौलिक संवत् मानिने विक्रम संवतको आफ्नै महत्व र वैज्ञानिकता भएको ज्योतिषविद् बताउँछन्।

सरकारी कामकाजमा वि.सं. चलाउने नेपाल एक मात्र मुलुक हो। हरेक वैशाख सङ्क्रान्तिदेखि यो संवत्को आरम्भ हुन्छ। यो संवतका आरम्भकर्ता विक्रामादित्य हुन् ।

ज्योतिष पंण्डित दीपक सुवेदीले यो संवत् सूर्यको गतिका आधारमा तय भएकाले यसको विशेष वैज्ञानिकता पुष्टि भइकेकाले बताए। उनले आफ्नो पहिचान बोकेको संवत्लाई महत्व दिइनु नेपालका लागि गौरवको विषय भएको बताए।

ज्योतिष सुवेदीले भने, “गणितीय हिषाबले यस वर्ष प्रारम्भ र भविष्यफलहरुले विश्वमा नै प्रभाव पार्दछ । सूर्यले ३६० डिग्री पूरा गरेर ० डिग्रीमा प्रवेश गरेका आधारमा यो संवत् शुरु हुन्छ । त्यसकारण यो संवतबारे कुनै अन्योल पालिरहनु पर्दैन।”

प्रकाशित मिति: १ वैशाख २०७७, सोमबार  ०८ : ३४ बजे