साढे १८ लाखमा कोरोना संक्रमण, १ लाख १४ हजारको मृत्यु

0
Shares

विश्व महामारी कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या १८ लाख ५३ हजार १८२ नाघेको छ भने १ लाख १४ हजार २४८ जनाको यस महामारीबट मृत्यु भएको छ।

सोमबार बिहान १० बजेसम्ममा ४ लाख २३ हजार ६२५ जना भने निको भएर घर फर्किएका छन्। यस रोगबाट शक्तिराष्ट्र अमेरिकामा सबैभन्दा धेरै २२ हजार ११५ जनाको मृत्यु भएको छ भने कूल संक्रमित ५ लाख ६० हजार नाघेको छ।

यसैगरि इटालीमा १९ हजार ८९९ जनाको मृत्यु भएको छ भने स्पेनमा पनि १७ हजार २०९ जनाको ज्यान गएको छ। यसैगरि फ्रान्समा १४ हजार ३९३, बेलायत १० हजार ६१२, इरान ४ हजार ४७४, बेल्जियम ३ हजार ६००, चीन ३ हजार ३४१, जर्मनी ३ हजार २२, नेदरल्याण्ड २ हजार ७३७, ब्राजिल १ हजार २३०, टर्की १ हजार १९८, र स्वीजरल्याण्डमा १ हजार १०६ जनाको कोभिड १९ को कारण मृत्यु भएको वल्डमिटरले जनाएको छ।

अमेरिकामा मात्रै ५ लाख ६० हजार बढी नयाँ संक्रमित हुँदा स्पेनमा १ लाख ६६ हजार, इटाली १ लाख ५६ हजार, फ्रान्स १ लाख ३२ हजार, जर्मनी १ लाख २७ हजार, बेलायत ८४ हजार, चीन ८२ हजार, इरान ७१ हजार, टर्की ५६ हजार, बेल्जियम २९ हजार, स्वीजरल्याण्ड र नेदरल्याण्डमा २५ हजार बढीमा यो भाइरसको संक्रमण देखा परेको छ।

प्रकाशित मिति: १ वैशाख २०७७, सोमबार  १० : ०५ बजे