विद्युत् आपूर्तिलाई नियमित एंव प्रभावकारी बनाउन विशेष अभियान

0
Shares

विद्युत् वितरण केन्द्र टाँडीले लकडाउनको समयमा पनि विद्युत् आपूर्तिलाई नियमित एंव प्रभावकारी बनाउन विशेष अभियान शुरु गरेको छ।

विद्युत् आपूर्तिमा समस्या आउन नदिन तथा निरन्तर अनुगमनका लागि २४ घण्टै प्राविधिक सहित कर्मचारी खटाइएको केन्द्रका प्रमुख चुटनकुमार श्रीवास्तवले बताए। करिब ६० हजार विद्युत् मिटर लिने ग्राहक रहेको सो केन्द्रमा विद्युत् महसुल भुक्तानका लागि इ–सेवासमेत शुरु गरिएको बताइएको छ।

लकडाउनका कारण सेवाग्राहीलाई विद्युत् कार्यालयमा भीडभाड र जमघट हुन नदिन भिडियो क्लिप एसएमएस तथा कर्मचारीको मोबाइलबाट विद्युत् मिटरको रिडिङ समेत गराउने व्यवस्था गरिएको र त्यसअनुसार काम गरिरहेको प्रमुख श्रीवास्तवले जानकारी दिए मासिक ६ करोड विद्युत् राजश्व सङ्कलन हुने सो केन्द्र उपभोक्तको फोनमार्फत घरघरमा गएर विद्युत् मिटर जडान हुने गरेको बताइएको छ ।

कोराना भाइरसबाट जोगिन कार्यालयभित्र सेनिटाइजर, साबुनपानी तथा मास्कसमेत व्यवस्था गरिएको प्रमुख श्रीवास्तवले बताए। चालु आर्थिक वर्षको पहिलो छ महिनामा सो केन्द्रले विद्युत् चुहावट गर्ने २३४ जनालाई कारवाही गरिएको जनाएको छ।

प्रकाशित मिति: १ वैशाख २०७७, सोमबार  १५ : २७ बजे