संक्रमित युवकलाई अस्पताल लगिँदै र महिलाको कन्ट्याट ट्रेसिङ्ग थालियो

0
Shares

स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार रौतहहटका १९ वर्षिया पुरुष र कैलालीकी ६५ वर्षिया वृद्ध गरि थप दुईमा कोरोना संक्रमणम पृष्टि भएको जानकारी दिएका छन्। संक्रमित पुरुषलाई अस्पताल लैजाने तयारी गरिएको र वृद्धको सम्पर्कमा आएकाहरुको खोजी (कन्ट्याट ट्रेसिङ्ग) सुरु भएको जानकारी उनले दिएका छन्।

देवकोटाले राष्ट्रिय जनस्वास्थ प्रयोगशालामा गरिएको परिक्षणमा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाको क्वारेन्टाइनमा रहेकी ६५ वर्षिया महिलाको नमुना परिक्षण गर्दा पोजेटिभ पाइएपछि उक्त केशको कन्ट्याट ट्रेसिङ्ग गर्न थालिएको जानकारी दिएका हुन्।

यस्तै रौतहट जिल्लाको क्वारेन्टाइनमा रहेको १९ वर्षिय एक पुरुषको पनि राष्ट्रिय जनस्वास्थ प्रयोगशालामा गरिएको परिक्षणमा नतिजा पोजेटिभ आएको हो। रिर्पोट पोजेटिभ पाइएसँगै उनलाई क्वारेन्टाइनबाट अस्पताल लगिने क्रममा छ। रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ५ निकासी मुस्लिम समुदायका ती युवा हालै दिल्लीबाट फर्किएका थिए।

हालसम्म संक्रमितको संख्या १४ पुगेको छ भने उपचारभैरहेकोमा १ जनाको सेती प्रादेशिक अस्पतालमा थपिएसँगै ५ जना पुगेको छ। वीरगञ्जमा ३ जना, धौलागिरी अञ्चल वाग्लुङ्गमा २ जना र टेकुमा २ जनाको उपचार भैरहेको छ भने रौतहटको संक्रमितको अपस्ताल लैजाने क्रममा रहेको छ। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। संक्रमित १ जनालाई भने निको भैसकेको अवस्था रहेको छ।

प्रकाशित मिति: १ वैशाख २०७७, सोमबार  १६ : ५५ बजे