कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १६ हजार नाघ्यो, १८ लाख ७५ हजारमा संक्रमण

0
Shares

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर १ लाख १६ नाघेको छ। सोमबार राती ९ बजेसम्ममा १ लाख १६ हजार ९१ जनाको मृत्यु भएको छ भने कूल संक्रमितको संख्या पनि १८ लाख ७५ हजार नाघेको छ। ४ लाख ३५ हजार भने निको भएर घर फर्किएका छन्।

यस रोगबाट शक्तिराष्ट्र अमेरिकामा सबैभन्दा धेरै २२ हजार १६१ जनाको मृत्यु भएको छ। जसमध्ये ५६ जना नयाँ थपिएका हुन्।

यसैगरि इटालीमा १९ हजार ८९९ जनाको मृत्यु भएको छ भने स्पेनमा पनि १७ हजार ४८९ जनाको ज्यान गएको छ। यसैगरि फ्रान्समा १४ हजार ३९३, बेलायत ११ हजार ३२९, इरान ४ हजार ५८५, बेल्जियम ३ हजार ९०३, चीन ३ हजार ३४१, जर्मनी ३ हजार २२, नेदरल्याण्ड २ हजार ८२३, ब्राजिल १ हजार २४५, टर्की १ हजार १९८, स्वीजरल्याण्डमा १ हजार १२९ जनाको कोभिड १९ को कारण मृत्यु भएको वल्डमिटरले जनाएको छ।

सोमबार मात्रै बेलायतमा ४ हजार ३४२, स्पेन २ हजा ६६५, रुसमा २ हजार ५५८, इरान १ हजार ६१६, र अमेरिकामा १ हजार ५४५ नयाँ संक्रमित थपिएका छन्।

यससँगै अमेरिकामा ५ हजार ६१ हजार नाघेको छ। यस्तै स्पेनमा १ लाख ६९ हजार, इटाली १ लाख ५६ हजार, फ्रान्स १ लाख ३२ हजार, जर्मनी १ लाख २७ हजार, बेलायत ८८ हजार, चीन ८२ हजार, इरान ७३ हजार, टर्की ५६ हजार, बेल्जियम ३० हजार, नेदरल्याण्डमा २६ हजार र स्वीजरल्याण्डमा २५ हजार बढीमा यो भाइरसको संक्रमण देखा परेको छ।

प्रकाशित मिति: १ वैशाख २०७७, सोमबार  २१ : १३ बजे