आरएसडिसी लघुवित्तद्वारा ७ लाख ५० हजार सहयोग

0
Shares

बुटवल उप-महानगरपालिका वडा न. १० माप्रधानकार्यालय रहेको राष्ट्रिय स्तरको थोक लघुकर्जा प्रदायकवित्तीय संस्था आरएसडिसी लघुवित्त वित्तीय संस्थाले विश्वब्यापी रुपमा फैलिएको नोबेल कोरोना भाईरस (कोभिड–१९) विरुद्धको लडाईमा ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

लघुवित्तले संघिय सरकारको ‘कोरोना भाइरस संक्रमण रोकाथाम, नियन्त्रण तथाउपचार कोषमा’ ३ लाख रुपैयाँ, प्रदेश सरकार प्रदेश न. ५ कोे कोषमा ३ लाख र बुटवल उप–महानगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा १ लाख ५० हजार सहयोग गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दामोदर जोशीले जानकारी दिए।

उनका अनुसार संघीय सरकारको राहत कोषमा रकम जम्मा र ५ नं प्रदेश सरकारका माननीय मुख्यमन्त्री शंकर पोख्रेल र वुटवल उप( महानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीलाई चेक हस्तान्तरण गरिएको छ ।

उक्त चेक हस्तान्तरण कार्यक्रममा लघुवित्तका संचालक विष्णु प्रसाद पौड्याल र नायब प्रमुख कार्यकारी अधिकृत रामप्रसाद पन्थीको समेत उपस्थिति रहेको थियो ।

विपद्सँग जुध्न सबै मिलेर अघि बढ्नुपर्ने भएकोले लघुवित्तको तर्फबाट सहयोग गरिएको र कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारलाई पूरा साथ रहेको सञ्चालक विष्णु प्रसाद पौड्यालले बताए।

उक्त सहयोग रकमवित्तीय संस्थाको ‘संस्थागत सामाजिकउत्तरदायित्व’ अन्तरगत प्रदान गरिएको हो।

प्रकाशित मिति: २ वैशाख २०७७, मंगलबार  १८ : ०० बजे