र्‍यापिड टेष्टमा कास्की र बागलुङमा पनि भेटिए कोरोना पोजेटिभ

0
Shares

गण्डकी प्रदेशमा मंगलबार ¥यापिड टेष्टका क्रममा तीन जनामा कोरोना एन्टीबडी पोजेटिभ देखिएको छ ।

कास्की, बागलुङ र गोरखाका एकरएक जनामा ¥यापिड टेष्टमा पोजेटिभ देखिए पछि उनीहरुको पिसिआर प्रविधिबाट परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

स्वाबको बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा परीक्षण हुने गण्डकी प्रदेश स्वास्थ्य निदेशनालयका सुचना अधिकारी डा बुद्धि प्रसाद पौडेलले जानकारी दिए । उनीहरु तीनै जनालाई सुरक्षीत राखिएको छ ।

गण्डकी प्रदेशका १० जिल्लामा विदेशबाट आएकाहरुको ¥यापिड टेष्ट भईरहेको छ । मंगलबार सम्म २ हजार ४ सय १३ जनाको परीक्षण गरिएकोमा ४ सय १० जनामा नेगेटिभ देखिएको उनले बताए ।

यसअघि हिजो मात्रै काभ्रेमा दुई जना, धादिङमा एक जना, गोरखामा एक र सप्तरीमा दुई जनामा क्रोरोना पोजेटिभ भेटिएको थियो।

प्रकाशित मिति: ३ वैशाख २०७७, बुधबार  १० : १० बजे