कोरोना विश्व अपडेट: संक्रमित २० लाख नाघ्यो, ४ लाख ७८ हजार घर फर्के

0
Shares

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बुधबार बिहान साढे १० बजेसम्म २० लाख नाघेको छ। यस संक्रमणलाई जितेर उपचारपछि घर फर्किनेको संख्या ४ लाख ७८ हजार ८३२ पुगेको छ भने १ लाख २६ हजार ७३८ जनाले यस महामारीबाट ज्यान गुमाएका छन्। विश्वका २१२ देशमा यो भाइरस फैलिएको छ ।

विश्वका सबै देशले भाइरस संक्रमण हुनबाट जोगिन अनेकौं प्रयास गरे पनि यसबाट मृत्यु हुनेको संख्या भने अझै रोकिएको छैन। शक्तिराष्ट्र अमेरिका नै यसबाट सबैभन्दा धेरै प्रभावित बनेको छ । यस देशमा ६ लाख १४ हजार २०० बढी संक्रमणको शिकार हुँदा २६ हजार ६४ जनाले मृत्युवरण गरेका छन्।

दोस्रो धेरै संक्रमण फैलिएको स्पेन मृत्युको आधारमा तेस्रो स्थानमा रहेको छ। संक्रमणका आधारमा तेस्रो स्थानमा रहेको इटालीमा मृत्युको आधारमा दोस्रो ठूलो देश हो। स्पेनमा १ लाख ७४ हजारमा कोभिड १९ फैलँदा १८ हजार २५५ जनाले र्मत्युवरण गरेका छन् भने १ लाख ६२ हजारमा संक्रमण फैलिएको इटालीमा २१ हजार ६७ ले ज्यान गुमाएको त्थ्याङ्क छ।

संक्रमण फैलिएको चीनमा भने पछिल्ला दिनमा भाइरसबाट मृत्यु हुनेको संख्या न्यून रहेको छ । तर कोरोना अहिले चीन बाहेक अन्य देशमा फैलिरहेको छ । हालसम्म चीनमा ३ हजार ३४२ जनाको मृत्यु भएको छ भने ८२ हजार २९५ मानिसहरु संक्रमित भएका छन् ।

फ्रान्समा १ लाख ४३ हजार संक्रमित र १५ हजार ७२९ को मृत्यु भएको पुष्टि भएको छ । फा्रन्सपछि भाइरस संक्रमित धेरै हुने देश जर्मनी हो भने बेलायत फ्रान्सपछि धेरैको मृत्यु हुने देश बनेको छ। ९३ हजार ८७३ संक्रमित रहेका बेलायतमा १२ हजार १०७ जनाले मत्युवरण गरेका छन् भने १ लाख ३२ हजार धेरै संक्रमित रहेका जर्मनीमा ३ हजार ४९५ जना मात्र मृत्यु भएको छ।

संक्रमितको संख्या कम भएपनि इरान र बेल्जियममा जर्मनीको लभन्दा धेरैको मृत्यु भएको छ। हालसम्म इरानमा ४ हजार ६८३ र बेल्जियममा ४ हजार १५७को ज्यान गएको छ भने संक्रमितको संख्या क्रमश ७४ हजार ८७७ र ३१ हजार ११९ रहेको छ।

त्यस्तै टर्की नवौं भाइरस प्रभावित देश हो । टर्कीमा कोरोना संक्रमितको संख्या ६५ हजार १११ छन् भने मृत्यु हुनेको संख्या १ हजार ४०३ पुगेको छ ।

वल्डओमिटरको तथ्यांकअनुसार नेदरल्याण्डमा २७ हजार ४१९ मा संक्रमण फैलँदा २ हजार ९४५ को मृत्यु भएकमो छ। क्यानडामा २७ हजार ६३ संक्रमित हुँदा ९०३ जनाको ज्यान गएको छ।

यस्तै धेरै संक्रण्म हुने देशहरु स्वीजरल्याण्डमा २५ हजार ९३६, ब्राजिल २५ हजार ६८४, रसिया २१ हजार १०२, पोर्चुगल १७ हजार ४४८, अष्ट्रिया १४ हजार २३४, इजरायल १२ हजार ४६, भारत ११ हजार ४८७, आयरल्याण्ड ११ हजार ४७९, स्वीडेनमा ११ हजार ४४५, दक्षिण कोरियामा १० हजार ५९१ र पेरुमा १० हजार ३०४्र३ मा कोभिड १९ को संक्रमण फैलिएको छ। यस्तै जापानमा ८ हजार १००, कतारमा ३ हजार ४२८, मलेसियामा ४ हजार ९८७, साउदी अरेबियामा ५ हजार ३६९ कोरोना भाइरस संक्रमित छन् ।

प्रकाशित मिति: ३ वैशाख २०७७, बुधबार  १० : ३६ बजे