र्‍यापिड टेस्टमा चितवनमा भेटिए अर्का एक कोरोना पोजेटिभ पुरुष

0
Shares

चितवनमा एकजनालाई कोरोना पोजेटिभ देखिएको छ।

चितवनको पूर्वी रत्‍ननगर नगरपालिकास्थित गुञ्‍जमान सिंह अस्पतालमा गरिएको र्‍यापिड टेस्टबाट एकजनालाई कोरोना भाइरस पोजेटिभ देखिएको अस्पतालका प्रशासक मोहन खड्काले बताएका छन्।

पोजेटिभ देखाएपछि थप परीक्षणका लागि थ्रोट स्वाब भरतपुरको कोभिड-१९ परीक्षण प्रयोगशाला पठाइएको अस्पतालले जनाएको छ। 

र्‍यापिड टेस्टबाट पोजेटिभ देखापछि ती पुरुषलाई अस्पतालको आइसोलेसनमा राखिएको छ।

कोरोना देखिएका ती पुरुष फागुन ३० गते दक्षिण कोरियाबाट आएको खुलेको छ।

 

प्रकाशित मिति: ३ बैशाख २०७७, बुधबार  १६ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।