शेयर बजार वैशाख १५ गतेसम्म नै बन्द रहने

0
Shares

सरकारले लकडाउनको समय १२ दिन बढाएर बैशाख १५ गते पुरयाएपछि शेयर कारोबार पनि सोही दिनसम्म बन्द हुने भएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को दफा २१ को उपनियम १ अनुसार (काबु बाहिरको परिस्थिति) लकडाउन अवधिभर धितोपत्रको कारोबार स्थगन गर्ने निर्णय गरेको हो।

उक्त दफामा प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबु बाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजार (नेप्से) ले धितोपत्र बोर्डलाई जानकारी दिई कारोबार प्रणाालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सक्ने व्यवस्था रहेको छ।

प्रकाशित मिति: ३ वैशाख २०७७, बुधबार  १७ : ३० बजे