गोरखा आरुघाटका युवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि

0
Shares

र्‍यापिड डाइग्नोस्टिक टेष्टमा नजिता कोरोना पोजेटिभ देखिएका गोरखाको आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युुवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोरोना परीक्षण प्रयोगशालामा आज गरिएको स्वाब परीक्षणका क्रममा ती युवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको हो ।

‘आरुघाट गाउँपालिकाभित्र मङ्गलबार गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा कोरोना पोजेटिभ देखिएका भनिएका युवकको पिसिआर टेष्टको नजिता आज आएको हो, गोरखा अस्पतालका कोभिड–१९ का फोकल पर्सन नारायण अर्यालले भने।

“पिसिआर टेष्टमा उहाँको रिपोर्ट नेगेटिभ आएको छ ।” र्‍यापिड डाइग्नोस्टिक टेष्टमा पोजेटिभ आए पनि नेगेटिभ आए पनि पिसिआर टेष्ट नगरी के हो भन्न नसकिने भएकाले तत्काल युवकको स्वाब परीक्षणका लागि हिजै पोखरा पठाइएको थियो । गएको फागुन २२ गते बहराइनबाट फर्किएका ती युवकलाई क्वारेन्टाइनमा राखिएको थियो ।

गोरखाका ११ वटै स्थानीय तहमा भारतलगायतका विभिन्न देशबाट आएकाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट भइरहेको छ । चैत १ गतेदेखि यता ३१४ जना जिल्लामा प्रवेश गरेको तथ्याङक रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ।

प्रकाशित मिति: ३ वैशाख २०७७, बुधबार  १९ : ५८ बजे