पूर्व प्रधानमन्त्री भट्टराईको उच्चस्तरीय संयन्त्रका संयोजक पोखरेलसँग कुराकानी, कुराकानीमा यस्तो भने

0
Shares

 

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई नै कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग कुराकानी गर्न कठिनाई उत्पन्न भएको छ।

पूर्व प्रधानमन्त्री भट्टराईले पोखरेलसँग शुक्रबार बल्ल सम्पर्क भएको र देशैभर लाखौं अस्थायी श्रमिकहरूको विचल्लीबारे कुराकानी भएको आफ्नो फेसबुक एकाउण्ट मार्फत जानकारी दिएका छन्।

उनले लकडाउनभर विचल्लीमा परेका श्रमिकहरू जोजहाँ छन् तिनको उचित व्यवस्थापन राज्यका अंगले गर्न केन्द्रले तुरून्त श्रोतसाधन परिचालन गरोस् भनी सुझाव दिएको उल्लेख गरेका छन्।

यस्तै बाटामा अलपत्र परेका श्रमिकहरुलाई पनि समन्वय गरेर यातायातको व्यवस्था गर्नुपर्ने धारणा राखेका छन्।

सरकारले गरेको एक महिने लकडाउन र सरकारले उचित व्यवस्थापन गर्न नसकि भोकभोकै बस्नुपर्ने अवस्था आएपछि अस्थायी श्रमिकहरू रातारात झिटीगुन्टा बोकेर हिँडेर नै आफ्नो घर फर्किरहेका छन्। जसले सरकारको चौतर्फि आलोचना समेत भैरहेको छ।

प्रकाशित मिति: ५ वैशाख २०७७, शुक्रबार  ०९ : २७ बजे