प्राइम कमर्सियल बैंक (PCBL) ले “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा एक करोड पचहत्तर लाख सहयोग गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारद्धार स्थापित कोरोना उपचार कोषमा बैशाख ५ गते एक करोड पचहत्तर लाख रुपैयाँको चेक उपलब्ध गराएको हो।
बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागालाई चेक हस्तान्तरण गरे । साथै लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा बिभिन्न आश्रममा आश्रितहरुलाई दाल, चामल लगायत खाद्यान्न बितरण गरी सहयोग पु्याउँदै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर जानकारी दिए।
प्रतिक्रिया