चीनका लागि नेपाली राजदूतमा पूर्वपरराष्ट्रमन्त्री पाण्डे नियुक्त

0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई आज जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव घिमिरेले आज विज्ञप्तिमार्फत सो जानकारी दिए ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई सरकारले पूर्वमन्त्री पाण्डेलाई सो पदमा नियुक्तिका लागि सिफारिश गरेकामा उहाँले संसदीय सुनुवाइ पूरा गरिसकेका थिए ।

प्रकाशित मिति: ५ वैशाख २०७७, शुक्रबार  १८ : २६ बजे