दोस्रो कोराना संक्रमित युवती निको भएर घर फर्किन्

0
Shares

टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी कोरोना संक्रमित दोस्रो युवती निको भएर घर फर्केकी छिन्। टेकु अस्पतालले उनलाई शनिबार डिस्चार्ज गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फ्रान्सबाट चैत ४ कतारको दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएकी १९ वर्षीय युवतीमा चैत १० गते कोरोना संक्रमण पुष्टि भएको थियो। सो पश्चात शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उनी उपचाररत रहेकी थिइन्।

सोही जहाजमा नेपाल आएकी बागलुङकी अर्की १९ वर्षिया युवती र ६५ वर्षिया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु हाल धौलागिरि अस्पतालमा उपचाररत रहेका छन् ।

गत माघ ९ गते चीनबाट नेपाल आएका एक नेपालीमा पहिलो कोरोना संक्रमण भेटिएका थियो। उनी पनि उपचारपछि निको भएर यसअघि नै घर फर्किसकेका छन्।

नेपालमा अहिलेसम्म ३० जना कोरोना संक्रमण भेटिएकोमा दुई जना निको भएर घर फर्किएका छन् । यस्तै २८ जना भने उपचाररत रहेका छन्।

प्रकाशित मिति: ६ वैशाख २०७७, शनिबार  १४ : १२ बजे