कोरोना जितेकी युवती भन्छिन् – ‘मेरो रगतको प्लाज्मा आवश्यक परे दान गर्न तयार छु’

0
Shares

कोरोना भाइरसको संक्रमणबाट मुक्त भएपछि शनिवार टेकुस्थित अस्पतालबाट १९ वर्षीया युवतीलाई डिस्चार्ज गरिएको छ।

अस्पतालबाट निस्कने बेला बोल्दै उनले यदि नेपालमा कसैलाई कोभिड-१९ को गम्भीर असर देखा परे उनीहरूको निम्ति आफू निको भइसकेकोले आफ्नो रगतको प्लाज्मा आवश्यक परे दिने बताएकी थिइन्।

‘म निको हुनुपनि एउटा मौका हो। मेरो रगतको प्लाज्मामा एन्टीबडी भएकोले त्यसलाई समाजलाई दान गर्न पाउँछु। आशा छ नहोस् तर यदि कोही कोरोनाभाइरस सङ्क्रमणबाट गम्भीर बिरामी भए मेरो प्लाज्माले मद्दत गरोस्,’ उनले भनिन्।

कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएकाहरूको रगतमा भाइरस विरुद्धका एन्टीबडी हुने हुनाले तिनको प्लाज्मा अरू बिरामीको निम्ति सहायक हुने ठानिन्छ।

उनको सो भनाइलाई अस्पतालका डाक्टर अनुप बास्तोलाले सकारात्मक प्रयास भन्दै प्रशंसा गरेका छन्। उनी निको भएको समाचारपश्चात् प्रधानमन्त्री केपी ओलीले फेसबुक मार्फत् उनलाई बधाई दिएका छन्।

युरोपमा महामारी फैलिएपछि उनी फ्रान्सबाट कतार हुँदै चैत्र पहिलो साता त्रिभुवन विमानस्थल आएको बताइएको थियो। उनकै अनुरोधमा उनले सञ्चारमाध्यममार्फत् सन्देश दिँदै उपचारका बेलामा सबैले सहयोग र राम्रो व्यवस्था मिलाइदिएको प्रतिक्रिया दिएकी थिइन्।

काठमाडौं मैतिदेवी घर भएकी प्रसिद्धि श्रेष्ठ चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन्। उनलाई चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो भने शनिबार पूर्ण निको भएर घर फर्किएकी हुन्।

श्रेष्ठले आफ्नो भियतनामी साथीम कोरोना संक्रमण भएपछि आफु सुरुदेखि नै आइसोलेसनमा रहेका कारण परिवारका सदस्य र अन्यलाई सर्न नपाएको बताइन्। अहिले पनि धेरै मानिसहरु अहिले पनि सरकारको आइसोलेसन सेन्टरहरुमा पुग्न नपाएका र सरकारकाले धेरै गरेपनि जहाँ सुविधा पुगेको छैन त्यहाँ पनि सरकारलाई सहयोग गर्दिनुहोला भन्न चाहन्छु। उनले भनेकी छिन्।

प्रकाशित मिति: ६ वैशाख २०७७, शनिबार  १७ : ४६ बजे