कोराना संक्रमित कैलालीका २१ बर्षीय युवक पनि निको भएर फर्किए घर

0
Shares

कैलालीको लम्कीका २१ वर्षीय कोरोना संक्रमित युवक अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी कोरोना संक्रमित भएर डिस्चार्ज हुने चौथो व्यक्ति हुन्।

उनी १६ दिनअघि सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए । उनको आइतबारै अपराह्न डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

गत चैत ११ गते भारतको मुम्बईबाट घर फर्किएका ती युवकमा चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो।

कोरोना पोजेटिभ देखिएपछि उनी सेती अस्पताल भर्ना भएका थिए। दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए।

उनी भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका हुन्। उनलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो। कोरोना देखिएको १६ दिनमै उनी डिस्चार्ज भएका हुन्। उनी कैलालीको गौरीफन्टा नाका भएर घर फर्किएका थिए।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुने उनी चौथो व्यक्ति भएका छन्। शनिबारमात्रै काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ र बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल तथा त्यसअघि पहिलो संक्रमित व्यक्ति कोरोनालाई जितेर घर फर्किसकेका छन्।

प्रकाशित मिति: ७ वैशाख २०७७, आइतबार  १७ : ५३ बजे