अमेरिका–चीन व्यापार युद्ध आर्थिक खतराको संकेतः आईएमएफ


अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले अमेरिका र चीन बीचको व्यापार युद्ध लम्बीदै जाँदा विश्वव्यापी आपूर्तिमा समेत बाधा हुने भन्दै यो युद्ध आर्थिक खतराको संकेत भएको जनाएको छ ।
दुइ ठुला देशविचको ब्यापार तनाव बढ्दा सन् २०१९ को विश्वव्यापी आर्थिक वृद्धिमा सुधारको अनुमानमा समेत जोखिम पर्ने सक्ने आइएमएफले जनाउको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०० अर्ब डलर बरारबको चिनीयाँ सामानमा कर बढाएर २५ प्रतिशत पुर्याएको केही दिनपछि आईएमएफले यस्तो जनाएको हो । व्यापार तनावबाट स्पष्ट रूपमा अमेरिका र चीनका उपभोक्ताहरूलाई अधिक नोक्सान भइरहेको छ । तर हाल अमेरिका र चीनले एक अर्काको देशको सामानमाथि शुल्क बढाउने घोषणा गरेसँगै दुई देशका बीचमा व्यापार प्रभावित हुनका साथै विश्वव्यापी जीडीपी ०.३३ प्रतिशत प्रभावित हुने आइएमएफले जनाएको छ ।

गत वर्ष मार्चमा अमेरिकाद्धारा चीनबाट आयातित जस्ता र आल्मुनियममा भारी शुल्क लगाएको थियो । त्यसको जवाफमा चीनले पनि अरबौँ डलरको आयातित सामानमा शुल्क लगायो । जसबाट विश्वको दुई ठूलो अर्थ व्यवस्था भएका देशहरूबीच विश्व व्यापार युद्धको झनै वढ्दै गएको स्पष्ट हुन्छ ।
यसबाट व्यापार एवम् वित्तीय बजारमा असर पर्नुका साथै अन्तराष्ट्रिय मुद्रा र लगानीका क्षेत्रमा समेत नकारात्मक असर पर्ने बताइएको छ । एजेन्सी