एलआइसी नेपालको प्रिमियम शु:ल्क लकडाउन खुलेपछि तिर्दा हुने

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) ले जीवन बीमाको प्रिमियम शुल्क तिर्नुपर्ने भएमा लकडाउन पूर्ण रुपमा खुले पछि मात्र तिर्न आफ्ना ग्राहकहरुलाई सूचित गरेको छ ।

कम्पनीले लकडाउन खुलेपछि प्रिमियम शुल्क तिर्दा पनि ढिलो तिरे बापत लाग्ने जरिवाना तिर्न नपर्ने प्रष्ट गरेको छ।

कोभिड-१९ विश्व भरि एक महामारीको रुपमा फैलिरहेको र नेपाल सरकारले नेपाली नागरीकको स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई दृष्टिगत गर्दै श्रृङ्खलाबद्ध रुपमा महत्वपूर्ण निर्णयहरु लिइरहेको भन्दै आफ्नो ग्राहकहरुलाई लकडाउनको पालनागरि घरमै बस्न समेत आग्रह गरेको छ ।

सोहीक्रममा एलआईसी नेपाललेआफ्नो विज्ञापन एजेन्सीको् साथमा महामारी सम्बन्धी सूचनामूलक टेलिभिजन विज्ञापन प्रकाशित गरेको जनाएको छ।