उदयपुरमा ८ जनामा कोराना पोजेटिभ, थप पुष्टिका लागि धरान पठाइयो

0
Shares

उदयपुरको भुल्के मस्जिदबाट परीक्षणका लागि सोमबार कोसी अस्पताल विराटनगर ल्याइएका ६९ जनाको स्वाबको नमुना परीक्षणमा ८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएकाहरुको विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो।

पोजेटिभ देखिएका ८ जनाकै थप परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

संक्रमण देखिएसँगै सबैलाई २ वटा एम्बुलेन्समा राखेर धरान पाठाइएको छ। संक्रमण पुष्टि भएका सबै व्यक्तिहरु पुरुष र जेष्ठ नागरिक भएको जनाइएको छ।

यसअघि कोरोना संक्रमण पुष्टि भएका भुल्के मस्जिदका १३ जनाको विराटनगर कोरोना अस्पतालमा उपचार भैरहेको छ।

 

प्रकाशित मिति: ९ वैशाख २०७७, मंगलबार  १३ : २९ बजे