जापानको टोकियोमा ३४ वर्षिय नेपालीमा देखियो कोरोना, संक्रमित ३ पुग्यो

0
Shares

जापानको राजधानी टोकियोमा रहेको ईकेबुकुरो रेष्टुरेन्टमा कार्यरत अर्का एक ३४ वर्षिया पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। 

नेपाली राजदुतावास जापानका उपनियोग प्रकुख कृष्णचन्द्र अर्यालले अस्पतालबाट उनलाई हिजो मात्र कोभिड १९ को पुष्टि भएको जानकारी आएको बताए। नेपाली राजदूतावाले दिएको जानकारी अनुसार उनलाई हस्पिटल भर्ना तथा उपाचारको प्रकृया अघि बढाईएको छ ।

यस अघि सोही रेष्टुरेन्टमा कार्यरत अर्का पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

यससँगै जापानमा कोरोना भाइरस संक्रमण पुष्टि हुने नेपालीको संख्या ३ पुगेको छ। राजधानी टोकियोमा २ तथा ईबाराकी केनमा १ गरि कोरोना संक्रमित नेपालीको संख्या ३ पुगेको हो ।

यसमध्ये ईबाराकी केनमा कोरोना संक्रमित भई उपचाररत नेपाली युवती भने निको भई घर फर्किसकेकी छिन् ।

राजधानी टोकियो सहित साईतामा, चिबा, आईची तथा नागासाकीमा रहेका नेपालीहरुमा गरिएको परिक्षण रिपोर्ट आउन बाँकी रहेको बुझिएको छ ।

प्रकाशित मिति: १० वैशाख २०७७, बुधबार  ११ : ५० बजे