केन्द्रीय कारागारमा खटिएका दुबै नर्सको पीसीआर रिर्पोट नेगेटिभ, आजै डिस्चार्ज

0
Shares

सुन्धारास्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा पीसीआर परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका एक चिकित्सकले पीसीआरबाट गरिएको दुबैको परीक्षणको रिपोर्ट बुधबार बिहान प्राप्त हुन आएको र दुबैमा पोजेटिभ नदेखिएको जानकारी दिए ।

उनीहरु दुबैको मंगलबार २ पटक गरिएको र्‍यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको थियो।  र्‍यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपनि बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको रिपोर्ट नेगेटिभ आएको हो।

कोरोना आशंका गरिएका दुबै नर्स अहिले टेकु अस्पतालको आइसोलेसनमा रहेका छन्। रिपोर्ट नेगेटिभ आएसँगै दुबै जनालाई आजै डिस्चार्ज गर्ने तयारी गरिएको छ।

प्रकाशित मिति: १० वैशाख २०७७, बुधबार  १३ : १३ बजे