प्रधानमन्त्रीको ठाडो आदेशमा आफ्नो नेता अपहरण भएको समाजवादी पार्टीको आरोप

0
Shares

समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा आफ्ना नेता तथा पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव अपहरण भएको दाबी गरेको छ।

पार्टीका सूचना तथा प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट पूर्व स्वास्थ्य राज्यमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई अपहरण गरिएको दाबी गरेका हुन् ।

बुधबार साँझ आफ्नो ट्वीटर मार्फत प्रचार विभाग उपप्रमुख पाण्डेले लेखेका छन्, “आज वैशाख १० गते साँझ ५ बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौं ल्याउँदैछ। यो के हुन लागेको हो ओलीतन्त्रमा ?”

प्रकाशित मिति: १० वैशाख २०७७, बुधबार  २० : ४० बजे