चितवनमा कोरोना सङ्क्रमित एकको नतिजा नेगेटिभ

0
Shares

भरतपुर अस्पतालमा रहेका दुई कोरोना सङ्क्रमितमध्ये एक जनाको नतिजा नेगेटिभ आएको छ ।

भरतपुर अस्पतालमा उपचार गराइरहेका आमाछोरा मध्ये छोराको नतिजा नेगेटिभ आएको अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए।

पूर्वी चितवनको राप्ती नगरपालिका–८ का आमाछोरा बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए ।

विदेशबाट आएकाहरुको ¥यापिड डायग्नोष्टिक टेष्टका क्रममा आमाको नतिजा शङ्कास्पद आएसँगै उनीसँगै आएका दुई छोरालाई समेत भरतपुर अस्पतालमा ल्याई स्वाब परीक्षण गरिएको थियो ।

स्वाब परीक्षणका क्रममा दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।

प्रकाशित मिति: १२ वैशाख २०७७, शुक्रबार  ११ : ४० बजे