ज्योति विकास बैंकको कामु सीईओमा पारस राज कँडेल नियुक्त

0
Shares

ज्योति विकास बैंक (JBBL) ले बैंकका नायब महाप्रबन्धक पारस राज कँडेललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले पदबाट दिएको राजीनामा स्वीकृत गर्दै बैंकले कँडेललाई कामु कार्यकारी नियुक्त गरेको हो।

कँडेल ज्योति विकास बैंकमा मर्ज भएको तत्कालिन हाम्रो विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए ।

हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुअघि कडेल सीभिल बैंकमा मेनेजर थिए ।

कँडेलले भारतको इन्स्टिच्यूट चार्टर्ड एकाउण्टबाट सिए गरेका छन्। 

बैशाख १५ गतेदेखि लागू हुने ज्ञवालीले राजीनामा दिएका थिए। प्रमुख कार्यकारी अधिकृत बनेको २ वर्ष पुरा नहुँदै ज्ञवालीले बैंकबाट बाहिरिने निर्णय गरेका हुन् ।