एभरेष्ट इन्स्योरेन्सको तीन सय प्रतिशत हकप्रद शेयरको बिक्री खुल्यो

0
Shares

एभरेष्ट इन्स्योरेन्सले बिक्रीमा ल्याएको एक बराबर तीन अनुपात अर्थात (३००%) हकप्रद शेयरमा आवेदन खुलेको छ ।

बीमा समितिको निर्देशन अनुरुप कम्पनीले एक अर्ब चुक्ता पूँजी कायम गर्न हकप्रद बेच्न लागेको हो। यस अघि कम्पनीले समितिकै निर्देशनमा संस्थापक साधारण शेयर अनुपात मिलाउन गत मंसिर पुसमा चुक्ता पूँजी बराबरकै संस्थापक हकप्रद बिक्री गरेको थियो।

संस्थापक हकप्रदपछि कायम चुक्ता पूँजी २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँको एभरेष्टले फेरि १ः३ अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद जारी गर्न लागेको हो।

हकप्रद प्रयोजनका लागि कम्पनीले वैशाख ९ गते बुकक्लोज गरेकाले बैशाख ८ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरका लागि आवेदन भर्न पाउने छन्।

इन्स्योरेन्सको हकप्रदमा सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल, एभरेष्ट इन्स्योरेन्स हात्तिसार तथा सम्पूर्ण शाखा कार्यालयहरु, मेरो शेयर तथा धितोपत्र बोर्डबाट सि आश्वा सदस्यता अनुमति लिएका सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न सकिनेछ । हकप्रदमा आवेदन दिने अन्तिम दिन असार १६ गते रहेको छ ।

तीन सय प्रतिशत हकप्रद बिक्री पश्चात एभरेष्टको चुक्ता पूँजी बीमा समितिले तोके अनुरुप एक अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।